होटल याक एण्ड यतिबाट १२ भारतीय नागरिक पक्राउ

0
Shares

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित पाँचेतारे होटेल याक एण्ड यतिबाट १२ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका उनिहरुमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।