रेडियोकर्मी सुरज श्रेष्ठको निधन

0
Shares

काठमाडौँ । चर्चित तथा लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको ४५ वर्षको उमेरमा निधन भएको छ । इमेज एफएममा कार्यरत श्रेष्ठको शुक्रबार राति उपचारको क्रममा ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट ग्रस्त उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो । उनको स्वास्थ्यमा थप समस्या आएपछि यही वैशाख १६ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो ।