अश्लील सामग्री दिएको भन्दै टिकटकमाथि प्रतिबन्ध !

0
Shares

नयाँदिल्ली । भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो । टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन्। समाजमा व्यवधान गर्ने सामग्रीलाई प्रोत्साहित गरिरहेको र भारतीय संस्कृतिलाई अवहेलना गरिरहेको भन्दै अदालतले टिकटक एपमाथि तत्काल प्रतिबन्ध गर्न भनेको छ।

भारतमा एक अर्ब ४ करोडले टिकटक प्रयोग गर्छन। टिकटक चीनमा निर्माण भएको म्युजिकल एप हो। पछिल्लो समय आफ्नो अभिनय देखाउन, विभिन्न देशको कला संस्कृति र संगीतको प्रचार गर्ने सजिलो माध्यम टिकटक बनेको छ।