आर्कटिक सम्मेलन: संयुक्त विज्ञप्ति जारी गर्न असफल

0
Shares

हेलसिन्की (एजेन्सी)
जलवायु परिवर्तनलाई लिएर अमेरिकी आपत्तीका कारण फिनल्यान्डमा भइरहेको आर्कटिक सम्मेलनमा कठिनाई उत्पन्न भएको छ ।

सम्मेलनमा सहभागी आर्कटिक देशका प्रतिनिधिका अनुसार सम्पुर्ण आर्कटिक देश बैठक पछि एक संयुक्त बयान जारी गर्न चाहेका थिए तर अमेरिकाको आपत्ती गरेपछि त्यो हुन सकेन ।

सन् १९९६ मा गठन भएको आर्कटिक समितिमा बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्न असमर्थ भएको यो पहिलो पटक हो । फिनल्यान्डका एक प्रतिनिधि टिमो कावुरोवाले भने–बाँकी देशलाई जलवायु परिवर्तन सम्बन्धमा आफना विचार कडा शब्दमा राख्न सक्छ भन्ने लागेको छ ।

जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रको तापमान बाँकी विश्वको तुलनामा दुईगुना तिब्र गतिमा बढीरहेकोमा अन्तराष्ट्रिय स्तरमा चिन्ता ब्यक्त भइरहेको छ ।

उत्तरी फिनल्यान्डको रोवानिमीमा आयोजित यस सम्मेलनमा सामबार अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले आफनो भाषणमा आर्कटिक सागरमा हिँउ पग्लिनु स्वागतयोग्य संकेत भएको बताए थिए ।

आर्कटिकमा बरफ पग्लिनु राम्रो हो: अमेरिका

उनले भनेका थिए– समुद्रमा जमेको बरफ पग्लनुले ब्यापार गर्ने नयाँ मार्ग खुल्नेछ । यसले पश्चिमी देश र एसियाबीच समुद्रबाट यात्रा गर्नु सहज हुने छ । धेरैमा २० दिनभित्र हामी एक छेउबाट अर्को छेउसम्म पुग्नेछौं ।

पोम्पियोले आर्कटिक सागरमा बन्ने उक्त ब्यापारिक मार्ग २१ सताब्दीको स्वेज र पनामा नहर बन्न सक्ने पनि बताएका थिए । साथै उनले सबैलाई चकित पार्दै मंगलबार जर्मन चान्सलर एन्जेला मर्केलसँगको भेटवार्ता कार्यक्रम पनि रद्द गरेका थिए ।

विश्वका सबै वैज्ञानिक तथा पर्यावरणविद आर्कटिकमा बरफ लगातार पग्लिनुलाई लिएर चेतावनी दिइरहेका छन् । यसले त्यहाँ हुने ध्रुविय भालु र समुद्रि जीवलाई खतरा उत्पन्न भइरहेको मात्र नभइ समुद्रको जलस्तरमा पनि बृद्धी भइरहेको छ । यसले समुद्रतटिय इलाका पानीमा डुब्ने सम्भावना बढिरहेको छ ।

यो सँगै आर्कटिक भएर अत्यधिक यातायातका साधनको आवागमनले त्यस क्षेत्रमा प्रदुषण बढ्ने र आर्कटिकमा हुन जीवका लागि घातक सावित हुने छ ।

सन् २०१७ मा अमेरिकी राष्ट्रपत िडोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झोताबाट अमेरिकालाई अलग गरेका थिए । यस सम्झौतामा २ सय देश समावेश छन् ।

आर्कटिक सम्मेलनमा पोम्पियोले चीन र रुस विरुद्ध कडा निति लिँदै दुबै देशले आर्कटिक क्षेत्रमा लगातार घुसपैठ गरिरहेको आरोप लगाए ।