भेनेजुयाली विधायकहरू विदेशी दूतावासमा

0
Shares

काराकास,(एजेनसी)
भेनेजुयलाका तीनजना विपक्षी राजनीतिक समुहका विधायकले शुक्रवार आफ्नो सुरक्षा प्रत्याभुति गुमाउना साथ विदेशी दुतावासहरुमा शरण लिन पुगेको स्थानिय संचार माध्यमले जनाएको छ । भेनेजुयलाको सर्वोच्च अदालतले हालै मात्र षडयन्त्र , देशद«ोही र आन्दोलकारीको अभियोग लगाउदै साँसदको हैसियतले पाउने सुरक्षा प्रत्याभुति अधिकार खोसिएका दसजना विधायकहरुमा यिनीहरु पनि रहेका छन् ।

विपक्षी राजनीतिज्ञ हुवाा गुआइदाले राष्ट्रपति निकोलस माडुरो विरुद्ध गत साता सैनिक विद«ोह गर्ने असफल प्रयास गरेका थिए । उनका निकतटम सहयोगीलार्इ बुधवार प्रहरी पक्राउ गरी हिरासतमा लिएको छ । गत जनवरीमा राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका गुआइदोले आफुलाई अन्तरिम
राष्ट्रपति घोषणा गरेका थिए ।

उनको सो कदमको प्रमुख युरोपेली तथा दक्षिण अमेरिकी राष्ट्र लगायत संयुक्त राज्य अमेरिकाले समर्थन गरेका थिए । त्यसैगरी माडुरोको पक्षमा चीन तथा रसिया जस्ता शक्तिशाली मुलुक उभिएका थिए । गुआइदोका सहयोगी एडगर जाम्व्रानोले टिवटर मार्फत आफुलाई गुप्तचर अधिकारीहरुले कारमै रहेको अवस्थामा घेरा हालेर पक्रेको तथा आफ्नो कार क्रेनले उठाए लगेको बताएका छन् ।

गत शनिवार गुआइदाले आफ्ना समर्थकहरुलाई माडुरो विरुद्ध पुन सडक प्रदर्शन गर्न आब्हान गरेका थिए । विधायक आमेरिको डि ग्राजिया र मारिएला मागाल्लानेसले इटालियन र रिचर्ड ब्लान्कोले अर्जेन्टिनी दुतावासमा शरण लिएको बताइएको छ ।