दुई फ्रेन्चलगायत चारजना बन्धन मुक्त

0
Shares

पेरिस,(एजेन्सी)
पश्चिमी अफ्रिकी राष्ट्र बुर्किना फासोमा फ्रेन्च फौजले चारजना विदेशी बन्धकलाई अपहरणकारीबाट मुक्त गराएको शुक्रवार फ्रेन्च सरकारले जानकारी दिएको छ । यसरी मुक्त गरिएका बन्धक मध्ये दुईजना फ्रेन्च नागरिक रहेको तथा अन्य दुईजना अमेरिकी र दक्षिण कोरियाली महिला रहेको बताइएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा सो उद्धार कार्यको दौरान दुईजना फे्रन्च सैनिक मारिएको उललेख गरिएको छ । ति फ्रेन्चद्वयलाई गत मे १ मा छिमेकी मुलुक बेनिनबाट अपहरण गरिएको थियो । एलिसि प्यालेसले विहिवार राति तिनीहरुको सकुशल रिहाइका लागि बुर्किना फोसोको उत्तरी भागमा विशेष सैनिक कारवाही गरिएको जनाएको छ ।

पेशाले दुवै संगीत शिक्षक फ्रेन्च पुरुष प्याट्रिक पिक्यु र लरेन्ट लास्सीमोइल्लास सफारमिा रहेको अवस्थामा बेनिनको विकट पेन्दजारी नेसनल पार्कबाट एक्कासी वेपत्ता भएका थिए । फ्रेन्च अधिकारीहरुले यस अपरेसनमा विशेष सहयोग गर्ने अमेरिका , बेनिन र बुर्किना फासोका सेनालाई धन्यवाद दिएका छन् ।

बुर्किना फासोको सिमा क्षेत्रमा जोडिएको सो पार्कमा केहि महिना यता इस्लामिक लडाकुहरुको सक्रियता अप्रत्यासित रुपमा बढ्न थालेको बताइएको छ । मुक्त गरिएका अन्य दुइजना बन्धकका बारेमा भने थप विवरण र परिचय सार्वजनिक गरिएको छैन । फ्रान्सका राष्ट्रपति इम्मान्युयल म्याक्रोँले यस कार्यमा सफलता हासिल गरेकोमा फ्रेन्च सेनालाई बधाइ तथा धन्यवाद ज्ञापन गरेका छन् । साथ ैउनले यस कार्यमा आफ्नो ज्यानको आहुति दिने दुई सैनिक प्रति श्रद्धान्जली तथा तिनका परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।