थाइ समुद्री तट२०२१ सम्म प्रतिबन्धित

0
Shares

बैंकक,(एजेन्सी)
दि बिच नामक चर्चित चलचित्रको कारण विश्वमा निकै ख्याति कमाएका थाइल्यान्डको एउटा खाडी सन् २०२१ सम्मका लागि बन्द हुने भएको छ । पर्यटकहरुको बाक्लो उपस्थितीको कारण वातावरणमा नराम्ररी क्षति पुगेको भन्दै गत वर्ष सरकारी अधिकारीहरुले फि फि लेह टापुको उक्त माया खाडी अस्थायी रुपमा बन्द गराएका थिए ।

त्यसअघि समम प्रत्येक दिन करिव पाँच हजार पर्यटक त्यहाँ पुग्ने गर्दा अधिकांश जलिय जीव र वनस्पति मरेका थिए । माया खाडीको इकोलोजीलाई पुन पुरानै अवस्थामा फर्काउने उद्देश्यले स्थानिय निकाले पर्यटकहरुलाई थप साढे दुई वर्ष सम्म त्यहाँ जानबाट रोक लगाउने निणर््य गरेको हो ।

सन् २००० मा बनेको दि बिच नामक लियोनार्डो डिक्याप्रियो अभिनित हलिवुड चलचित्र यहि सुन्दर तटिय क्षेत्रमा खिँचिएको थियो । गत वर्ष यो क्षेत्रमा पर्यटक प्रवेश माथि निषेध गरिएयता त्यहाँको पानीमा पुन ब्ल्याक टिफ सार्कहरु पौडिरहेका देखिन थालेको थियो ।

थाइल्यान्डको राष्ट्रिय निकुन्ज हेर्ने विभागका प्राध्यापक थोन थाम्रोन्गनावासावातले गत जनवरीमा पार्क पुन खोलिएपनि पर्यटकहरुलाइ जलिय क्षेत्रमा डुँगा लान नदिइने कुरा विविसिलार्इ बताएका थिए । तर स्थानिय पर्यटन व्यवशायीहरुले भने आफुहरु सो तटमाथि पूर्णत निर्भर हरेको बताएका छन् ।