जासुस भनिएका ह्वेलले समुद्रमा खसेका फोन ल्याइदिए

0
Shares

ओस्लो (एजेन्सी)
नर्वेको हेमरफेस्ट हार्वरमा एक ह्वेलले एक महिलाको समुद्रमा खसेको फोन फिर्ता ल्याइदिएको घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

पानीमा खसेको मोबाइल ल्याइदिने जुन ह्वेल हो त्यसलाई केही दिन अगाडीसम्म रुसी जासुस बताइएको थियो । स्थानिय सन्चार माध्यमका अनुसार दुई दिन अगाडी इना मनसिका आफना केही साथीहरुसँग समुद्रमा बोटिंग गरिरहेकी थिइन् । अचानक उनको फोन खल्तीबाट समुद्रमा झरेको थियो । इसाले आफना साथीहरुसाग मद्दतका लागि भन्नु अगाडी गहिराइबाट निस्कँदै गरेका एक ह्वेलले उनको मोबाइल फिर्ता गरे । पानीमा डुबेकोले फोनले काम नगरेको इनाले बताएकी छिन् । तर यस घटनाले उनी र उनका साथीहरुलाई खुसी हुने केही समय पाए ।

नर्वेमा अप्रिल २६ मा बेल्युगा प्रजातीको यो ह्वेलमा अधिकारीहरुले पेटी लगाएको देखेका थिए । त्यसपछि उक्त ह्वेल रुसमा तालिम लिएका समुद्रको निगरानी गर्न खताइएको जासुस भएको आरोप लगाइएको थियो । यद्यपी भिडियो भाइरल भएपछि सामाजिक सन्जालमा मानिसहरुले उक्त निर्वाेध जनावरको धेरै प्रसंसा गरिरहेका छन् ।

नर्वे सरकारले अहिले उक्त बेल्युगा ह्वेललाई बचाउन नयाँ तरिका खोजेका छन् । मत्स्य संरक्षणका निर्देशक री विगले बेल्युगालाई आइसल्यान्ड स्थित आरक्षण जलिय क्षेत्रमा पठाउन सकिने अमेरिकी अखबार वासिङटन पोस्टलाई बताए । खुला समुद्रमा उसलाई खतरा हुन सक्ने उनले बताए ।