विशेष खेलकुद सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता शुक्रबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।

प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा गरेका थिए । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७५ खेलाडी सहभागी शारीरिक अपाङ्गतर्फ १० स्पर्धा समावेश थिए ।