पर्वतमा खेलकुद शुरु

0
Shares

पर्वत, (नेस)
पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम शुक्रबार देखि फलेबासको माझीगाउँ चौर खेल मैदानमा शुरु भएको छ ।

खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ वैशाख २७ देखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा नगरपालिका भित्रका १५ विद्यालय र ११ वडाको सहभागिता रहेका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, सेभेन ए साइड फुटबल आयोजना गरिएको छ । एथलेटिक्स र भलिबल तर्फ बिद्यालयहरुले प्रतिष्पर्धा गर्ने छन भने सेभेन ए साइड फुटबल प्रतियोगितामा वडास्तरीय फुटबल क्लबहरुका बिचमा प्रतिष्पर्धा हुनेछ ।