अन्तर्राष्ट्रिय रेस्लिङको तयारी पूरा

0
Shares

काठमाडौं, (नेस)
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कर्भड हलमा हुने अन्तर्राष्ट्रिय रिंङ रेस्लिंङ प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ ।

दुई वटा फरक विधामा हुने प्रतिस्पर्धामा आठ देशका रेस्लरको सहभागिता रहनेछन् । प्रतियोगितामा दुई बेल्ट विजेता घोषणा गरिनेछ । जसमा बेल्ट एन्ड रोड च्याम्पियनसिप र वल्र्ड च्याम्पियनसिप बेल्ट प्रदान गरिनेछ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर रोपन एन्ड कर्नरमा प्रतिस्पर्धा हुनेछ । खेलका लागि संघले दुई किसिमको टिकट निर्धारण गरेको बताएको छ । जसमा ५ सय र एक हजार रूपैयाँ तोकिएको छ ।

एम के डब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिप नाम दिइएको प्रतियोगितामा एसिया, अफ्रिका र युरोप देशका सडक र रेलमार्गसँग जोडिने पुरानो सिल्करोडको अवधारणालाई उतारिएको छ । जससंग सम्बन्धित सबै महादेशका रेस्लरले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुने प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इंग्ल्याण्ड, हङकङ, न्यूजिल्यान्डका रेस्लरहरुले प्रतिस्पर्धा गर्नेछ ।

जसमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशालेको सहभागिता रहनेछ । यस्तै अमेरीकाबाट एस सिल्भा, जेडा, जोम्बिाइ ड्रागन र अंकल मनि छन भने बेलायतबाट विग सामले खेल्नेछन । चीनका बेम्बो क्रुजर, दा वर्बा, ब्ल्याक माम्बा छन । हङकङका के सी, चियरम्यान एएफ, मिचेल सु छन । यस्तै न्यूजिल्याण्डका टोमी कम्ब्याट छन ।