आन फुटसल आज सकिँदैं

0
Shares

ललितपुर, (नेस)
नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’अन्तर्गत् मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एड एण्ड इभेन्टले सेमिफाइनलको यात्रा तय गरेका छन् ।

सानेपाको फिल्ड फुटसलमा शुक्रबार भएको प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलमा विजयी हुँदै यी टोलीले अन्तिम चारको स्थान सुरक्षित गरेका हुन् । क्वार्टरफाइनल खेलमा मिडिया बास्केटले कान्तिपुर मिडिया ग्रुपलाई पेनाल्टीमा ३–२ गोलले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको नतिजा पेनाल्टीबाट निकालिएको थियो ।

यस्तै, शीलापत्र डटकम र बराह ज्वेलर्सले निर्धारित १५ मिनेटको समयमा १–१ गोलको बराबरी खेले पछि पेनाल्टीबाट नतिजा निकालिएको थियो । जसमा शीलापत्र डटकम ३–१ गोल अन्तरले विजयी भयो । मिडिया हबले पिक्सनमाथि ४–३ को नतिजा हात पार्दै अन्तिम चारमा पुगेको थियो । भोग एण्ड इभेन्टले वेलकम मिडियालाई पेनाल्टीमा ३–१ गोलले पाखा लगायो । निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेका थिए ।

सेमिफाइनलमा शनिबार मिडिया बास्केट र शीलापत्र डटकम भिड्दा मिडिया हब र भोग एड एण्ड इभेन्ट आमने सामने हुने छन् । सेमिफाइनलका बिजेता २ टिमले उपाधि भिडन्त गर्दा पराजित हुने दुई टिमले तेस्रो स्थानका लागि खेल्ने छन् । फाइनल पनि आजै हुनेछ । प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छ ।