नेचुरल सहकारीको एटिएम सेवा

0
Shares

काठमाडौं । काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ । संस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा (बैशाख २४ गते) एटिएम सेवा सुरु गरिएको हो । उक्त एटिएम कार्डको सुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले एटिएम सेवाले सदस्यलाई सहजता ल्याउने बताए ।

नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटिएम सेवा संचालनमा ल्याएको संस्थाका कार्यकारी संचालक विकल्प पाठकले बताए । प्रविधिको प्रयोगबाट गरिएका कारोबारहरु पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले संस्थाले प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको उनको भनाई छ ।

एससिटी नेटर्वकसंग सहकार्य गरी एटिएम सेवा सुरु गरिएको पाठकले बताए । अब सहकारीका सदस्यले एससिटी नेटर्वकको एटिएम बुथमा गएर चाहेको समयमा तुरन्तै पैसा निकाल्न सकिन्छ । यति मात्र नभई किनमेल गर्दा पनि कार्डको प्रयोग गर्न सकिने पाठकको भनाई छ । नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा यस अघि नै ‘नेचुरल स्मार्ट बैकिङ’ को सुरु भैसकेको छ ।

संस्थाले १२ औं बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा संस्थाका सदस्य, स्थानीय, कर्मचारी, सञ्चालक समिति लगायतको उपस्थिती रहेको थियो । उक्त रक्तदानबाट ९२ पाउण्ड रगत संकलन गरिएको थियो ।