भोटेकोसी र सुनकोसीमा सरसफाई अभियान


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
भोटेकोसी र सुनकोसी नदीलाई फोहोर हुन नदिन सरसफाई अभियान सुरु गरिएको छ ।

¥याफटीङका लागि सुनकोसी र भोटेकोसीमा बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमन बढिरहेका बेला नदीलाई फोहोर हुन नदिनका लागि सिन्धु पर्यटन व्यवसायी संघले सरसफाई अभियान सुरु गरेको हो ।

साताअघिदेखि सुरु भएको नदी सरसफाई अभियानको दोस्रो चरणमा बुधबार बलेफी गाउँपालिकाको छातिखोलादेखि कपिलेश्वर महादेव मन्दिरसम्मका फोहोरमैला उठाइएको हो ।
सुनकोसी र भोटेकोसीकै कारण सिन्धुपाल्चोकले पर्यटकहरुलाई तानिरहेको भन्दै यी नदीहरुलाई सफा बनाइराख्नुपर्नेमा अभियन्ताहरु जोड दिन्छन् । नदीमा जथाभावी फालिएका फोहोमैला उठाउँदै नदीलाई डम्पीङसाइडका रुपमा प्रयोग नगर्न स्थानीय बजारवासीलाई उनीहरुले आग्रह गरेका छन् ।

‘नदी छ र यहाँको पर्यटन छ, यहि नदी पनि डम्पीङ क्षेत्र बनाउने हो भने यहाँ पर्यटक आउने छैनन्’, सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले भन्नुभयो,–‘नदि आसपासका फोहोरमैला उठाएर हामीले पर्यटन विकासका लासिग अभियान सुरु गरेका हौं ।’

सिन्धु पर्यटन व्यवसायी संघद्धारा आयोजित सरसफाई कार्यक्रममा बलेफीसस्थित नवप्रतिभा यूवा क्लव। सुरुवात रिसाइक्लीङ संस्था लगायत स्थानीय पर्यटन व्यवसायीहरु सहभागी थिए ।