लुम्बिनी भ्रमण वर्ष मनाईदै

0
Shares

काठमाडौं, नेस
५ नम्वर प्रदेशले लुम्वीन भ्रमण वर्ष–२०७६ मनाउने भएको छ । नेपालको आर्थिक विकासका लागि लुम्बिनीको पर्यटन प्रर्वद्धन आवश्यकता लाई महशुस गरे भ्रमण वर्ष मनाउन लागिएको रहेको सरोकारवालाहरूले बताएका छन् ।
नेपाललाई चिनाउने सगरमाथा र लुम्बिनी भएकाले देशको समग्र विकासमा लुम्बिनीको महत्वपूर्ण योगदान रहने बताउनु भएको हो ।

प्रदेश नम्बर पाँचले घोषणा गरेका लुम्विनी भ्रमण वर्ष–२०७६ को प्रर्वद्धन गर्न बुधवार काठमाडौमा आयोजित अन्र्तरक्रिया तथा पत्रकार सम्मेलनमा सहभागीले लुम्बिनी भनेको गौतम बुद्धको जन्मस्थल मात्र नभएर समग्र लुम्बिनीको विकासमा ध्यान दिन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रि शंकर पोखरेलले पर्यटन उद्योगलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने प्रदेश सरकारको नीति रहेको बताउनु भयो ।

नीत कार्यान्वयनको लागि सरकारले वि.सं.२०७६ लाईरुपमा मनाउने निर्णय गरेको पोखरेलले बताउनु भयो ।

‘विश्वभरिका डेढ अर्व वौद्धमार्गीहरूको लागि लुम्बिनी आकर्षक तीर्थस्थल रहेकाले, र जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका डेढ अर्व बुद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिने देखेर प्रदेश सरकारले लुम्बिनी भ्रमणवर्ष २०७६ मनाउन लागिरहेको हो।’ लुम्बिनी भ्रमणवर्षको सफल कार्यान्वयनबाट यस प्रदेशको मात्र नभई देशकै पर्यटन उद्योग र आर्थिक विकासमा टेवा पुग्ने विश्वास रहको पोखरेलले बताउनु भयो ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्देश्यहरू त्यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा जोड दिएको छ । लुम्विनी क्षेत्रलाई सिद्धार्थ,कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने ।

लुम्विनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरूको प्रचार–प्रसार र प्रबद्र्धन गर्ने । यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन गरिने छ ।

लुम्विनी क्षेत्रलाई सिद्धार्थ,कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने छ ।
प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश नं. ५ पर्यटनको सम्भावनायुक्त प्रदेश भएको बताउँदै पर्यटन लुम्बिीको प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भयो ।

लुम्विनीलाई ग्रेटर लुम्विनीको रुपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई वौद्धमार्गीहरूको आकर्षक गन्तब्यस्थल बनाउन उहाँले बताउनु भयो ।

२०७६ जेठ ४ गतेबाट औपचारिक रूपमा लुम्बिनी शुरु हुने भ्रमण वर्षमा मायादेबी प्रसुती उत्सव,लुम्बिनी फुड फेस्टिबल,.सुजाता खिर उत्सव ,सडक प्रदर्शनी,मायादेबी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन,मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन तथा योग तथा ध्यान शिविरहरू आयोजना गरिने प्रदेश सरकारले जानकारी दिएको छ ।