सिद्धार्थ इन्स्योरेन्सको दुईवटा शाखा

0
Shares

काठमाडौ(नेस)
सिद्धार्थ इन्स्योरेन्स लि. ले काठमाण्डौको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा आफ्नो शाखाहरु सञ्चालनमा ल्याएको छ । स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवं नायव महाप्रबन्धक मुरारी रेग्मीद्वारा संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ गरियो ।

यस्तै प्रमुखकार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीद्वाराशाखा सञ्चालनको शुभारम्भ गरिएको ट्राफिक चोक बुटवल शाखाको शुभारम्भ समारोहमा स्थानीय स्तरका बंैक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले अहिले सम्म ७४ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउदै भविष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदानगर्ने लक्ष्य रहेको बताउनुभयो ।