पानी उद्योग खोलिने


काठमाडौं, नेस ।
महिला उद्यमी विकास गर्ने लक्ष्यका साथ पानी उद्योग खोलिने भएको छ ।

टाटा कम्पनीको खानेपानी परियोजनाको प्रविधिक सहयोग र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा उक्त उद्योग खोल्न लागिएको हो ।

यसका लागि दक्षिण एसियाली महिला विकास मञ्च, टाटा कम्पनी र नेपालको राष्ट्रिय वाणिज्य बैंकबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल, बैँकका प्रमुख कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र टाटा कम्पनीका तर्फबाट एच ई कुट्टीले त्यसमा हस्ताक्षयर गर्नुभएको छ ।

खानेपानीको सुनिश्चतता गर्ने परियोजना अगाडि बढाइएको मञ्चका कार्यालय संयोजक प्रची पाण्डेले बताउनुभयो ।

परियोजनाले अनुमानित १२ लाखको पानी उद्योग खोल्ने लक्ष्य लिएको छ । यसमा ८० प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंकले १.६ प्रतिशतमा ऋण लगानी गर्ने र ४ जना उद्यमी महिलाले २० प्रतिशत लगानी गर्नेछन् ।

यसका लागि स्थानीय महिलाहरुबीच नै सहभागी गराएर ४ जना महिला उद्यमी छनेट गरिने छ । परियोजनाले काभ्रे जिल्लाको नाला वा पनैतिमा उद्योग स्थापना गरि बजारमा गुणस्तरिय र सस्तो पानी आपूर्ति गर्ने लक्ष्य लिएको पाण्डेको भनाइ छ ।

टाटा परियोजना लिमिटेडअन्तर्गतको टाटा खानेपानी योजना हो । यसअन्तर्गत उक्त परियोजनाले सफा पिउने पानी किफायती मुूल्यमा बजारमा विक्रिी गर्ने लक्षय लिएको छ ।

टाटा पानी परियोजनाले १ हजार भन्दा बढि महिला उद्यमी बनाई १८अर्ब लिटर गुणस्तरिय पानी उत्पादन गरेर ३० लाख जनसंख्यामा १० वर्षमा खोली विकास गरेको छ ।

टाटाको उक्त परयोजना ५ वर्ष हो । खानेपानीमन्त्री बिना मगरले २० प्रतिशत मात्र गुणस्तरिय पानी उपभोग गरिरहेका नेपालीले यो परियोजनाले सफा पानी पिलाउने सरकारको लक्ष्यमा सहयोग पुग्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष रिजालले यसबाट परियोजानबाट महिला उद्यमी विकास गर्नमा ठूलो टेवा पुग्न सक्दछ ।