बझाङ काँग्रेसको समिक्षा: आन्तरिक कारणले पराजय, पाटीमा गटउपगुट नगर्न कार्यकर्ताको सुझाव


ललित सिंह, बझाङ्ग
बझाङ जिल्लामा नेपाली काग्रेसले प्रतिनिधी शभा सदस्य , प्रदेश शभा सदस्य र स्थानीय तहमा पराजय हुनका पछाडी आफ्नै पाटी भित्रको नेताहरुको गुटबन्दी ,अन्र्तरघातका कारणले पराजय हुनुपरेको निष्र्कष निकालेको छ । तिनै तहको निर्वाचन पछि र अन्य पछिल्ला समयमा पाटी पंतिमा भएका बैठक , भेला र समिक्षाबाट नेपाली काग्रेस बझाङले पाटीलाई जनताहरुको साथ समर्थन भएको तर आफ्नै कारणले चुनावमा उपयुक्त रणनिती तयार गर्न नसक्दा र जिल्ला तहका पाटीका सिर्ष नेताहरुको आन्तरिक मनमुटावका कारणले काग्रेसका थुपै्र नेताहरुले पराजय हुनु परेको निष्र्कष निकालेको हो ।

बुधबार नेपाली काग्रेस बझाङले राष्ट्रिय जागरण अभियान सुचारु गर्न जिल्लामा पाटि नेता कार्यकर्ता जनप्रतिनिधी सहित शुभेच्छुक संगठनका प्रतिनिधी सहितको बैठकमा पनि पाटी भित्रको आन्तरिक गुट उपगुटलाई त्यागेर नयाँ शिराबाट काग्रेसले राजनितीको सुरुवात गर्नुपर्ने सुझाव दिएका थिए ।

बझाङ जिल्लामा कम्न्यूस्ट पाटीका नेता भन्दा काग्रेसका नेताहरु उमेरले पनि जेष्ठ भएका र लामो समय सम्म राजनितीमा लागेर सक्षम योग्य हुदा हुदैपनि पछिल्लो चरणमा राजनिती संगठन गर्दै आएका कम्न्युस्टहरु बढदै जानुका पछाडी काग्रेसी नेताहरुको राजनिती गर्ने शैली हैकमबादी भएको , जनअपेक्षा चाहना अनुसर काम नगरेको कार्यकर्ता नेबिसंघका बिद्यार्थी नेता उमेश जेठाराले गुनसो राखे ।

उनले भने बझाङ काग्रेसमा बढी जसो ठकूरीहरुको लगायत केही बाहुन क्षेत्री नेताहरुको बाहुल्यता छ र उनिहरुको यथास्थिती राजनिती सोचका कारण चुनावमा पराजय हुनु परेको बताए । काग्रेसले एक महिना सम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियानमा जिल्लाका १२ वटै स्थानीय तह स्तरिय , निर्वाचन क्षेत्र स्तरिय , जिल्ला स्तरियमा संगठन सुद्धिकरण , प्रशिक्षण , कार्य समितीहरुको सस्थागत बिकास , भातृ संघ संगठनहरुको क्षमता बिकास सहित पाटीलाई चलाएमान बनाउन भएको छ ।

यसका साथै शुभेच्छुक ब्यक्ति , संगठनहरुबाट राय सुझाव लिई आगामी दिनमा पार्टी राम्रो बनाउने नेपाली कागे्रसका जिल्ला कार्यसमिती सदस्य ज्ञान बहादुर बोहराले बताए । उनले भने बिगतमा भएका कमीकमजोरी लाई आत्मसाथ र महसुस गर्दै अब सबै नेता कार्यकर्ताको सम्मान हुने गरि पाटीको सुद्धिकरण गर्ने र आन्तरिक गुट उपगुटको अन्त्य गर्ने योजना छ ।

राष्ट्रिय जागरण अभियानमा बझाङ आएका केन्द्रिय परिबेक्षक महेन्द्र शर्माले देश भरि अहिले काग्रेसले कम्न्यूस्टहरुको अधिनायकबादलाई रोक्नका लागी यस्तो जागरण अभियान सुरु गरेको हो यसका साथै पाटी भित्रका आन्तरिक मनमुटावलाई पनि सुधार गरेर पाटीलाई एक ढिक्का बनाउने बताए । नेपाली काग्रेस बझाङले राष्ट्रिय जागरण अभियानको पहिलो दिन पाटी कार्यालयमा समिक्षा बैठक बसी बजारमा र्याली जुलुस सहित औपचारीक कार्यक्रम समेत गरेको थियो ।