आन फुटसलमा शिलापत्र र जनता टिभी प्रि क्र्वाटरफाइनलमा


नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्टमा  समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार भएको खेलमा गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्र समूह विजेता बन्दै प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा शिलापत्रले जनता टिभीलाई ३–१ गोल अन्तरले पराजित गर्दा एबीसी टिभी माथि ५–० को जित निकाल्न सफल भयो ।
यसैगरी शिलापत्रसँग ३–१ ले पराजित भएको जनता टिभीले एबीसीमाथि १–० ले पाख लगायो । यसैगरी जनता टिभीलाई पनि गोरखापत्र नखेलेपछि प्रि क्र्वाटरफाइनल पुग्न सहज भयो ।

त्यस्तै समूह ‘डी’ बाट वेलकम एडभरटाईजिङ एण्ड मार्केटिङ र मुक्तिनाथ विकास बैंक अन्तिम १६ मा पुगे ।  मुक्तिनाथ विकास वैंकलार्ई ७–१  गोल अन्तरले पराजित गरेको वेलकमले मेडिसिटी अस्पताललाई १–० ले निराश बनाएको थियो । त्यसैगरी अन्तिम खेलमा वेलकमले अभानी माथि ६–१ गोल अन्तरको जीत निकाल्दै समूह विजेता बन्न सफल भयो । यसैगरी मुक्तिनाथ विकास बैंकले  पहिलो खेलमा वेलकम मिडियासँग पराजित भए पनि दोस्रो खेलमा अभानी माथि २–० को जीत दर्ता गर्न सफल भयो । तेस्रो खेलमा मेडिसिटी अस्पतालको टिमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत विहीबार समूह ‘ए’ र ‘बी’का खेलहरु हुने छन् । समूह ए मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्म सिमेन्ट रहेका छन् ।
समूह बीमा भोग एड एण्ड इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् ।