प्राङ्गारि कृषिका लागि विकट गाउँमा अन्तरक्रिया


कालीवहादुर मल्ल, कालिकोट ।
अर्गानिक कृषि नै कर्णालीको आत्मनिर्भरता र दिगो विकासको मूल मर्म हो भन्ने उद्देश्यकासाथ प्राङ्गागारी कालिकोट विषयक अन्तरक्रिया तथा अवलोकन कार्यक्रम बुधबार खाँडाचक्र नगरपालिका –११ बरातु गाउँमा सम्पन्न भएको छ ।
प्रयाजसा कार्यक्रमहरु सदरमुकामका ठुला हाटेलहरुमा सम्पन्न हुने गरिहेको वेला कर्णाली कृषि तथा खाद्य सरोकार समूह (कफाग) कालिकोटले जिल्लाका विकट मानिने अर्गानिक गाउँ बरातुमा सम्पन्न गरेको हो ।

जैविक (प्राङ्गारीक) कृषि मानव स्वास्थ्य, दिर्घ जीवन र समग्र जैविक प्राणालीको अत्यन्तै आवश्यक भएकाले जनचेतना जोगाउन गाउँमै चेतनामूलक कार्यक्रम राखिएको हो ।

अन्तरक्रिया कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले अर्गानिक खाद्य तथा फलफूल व्यवसायीक उत्पादन गरी वजारमा लिने कृषकलाई नगरपालिकाले ढुवानी अनुदान दिने वताउनुभयो । साथै उहाले खाँडाचक्र नगरपालिकामा अर्गानिक मल कार्खानाको लागि पहलभइरहेका जानकारी गराउनु भयो ।

मानव सभ्याताका निम्ती वर्तमान अवस्थामा प्राङ्गारीक कृषिका विषयमा ब्यापक बहस,अभियानहरु सुरु गर्दै कर्णाली प्राङ्गारीक प्रदेश अभियान सफल पार्न प्राङ्गारिक कालिकोट सम्वन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया तथा अवलोकन गर्नु परेको कफाग कालिकोटका संयोजक कालीवहादुर मल्ल वताउनु हुन्छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख,जिल्लाका पत्रकार,नागरिक समाज लगाएतका सरोकारवालको सहभागिता रहेको अन्तरिक्रयामा खाडाचक्र नगरपालिका ११ का अध्यक्ष पुष्पराज गिरीले बरातु मात्र नभएर नगरपालिकाका सवै वडाले अर्गानिक अभियानमा लाग्नु पार्न वताउनुभयो ।

बरातुकी अगुवा कृषक विरु भारतीले बरातुमा विगत देखि विषादी मुक्त रहेको यसवाट जिल्लाले पाठ सिक्नुपर्ने वताउनुभयो । उहाले राषयनिक मलले माटोको विगार्ने र विषदीले मानव जिवन वर्वाद वनाउने वताउनु भयो ।
कर्णाली प्रदेश सरकाले प्रदेशलाई अर्गानिक वनाउन मन्त्रि परषिदको वैठकवाटै निणर्य गरेको भएपनि हालसम्म कार्यन्वय हुन सकेको छैन ।