स्वीकृति बिना संचालित औषधि पसलमा शिलबन्दी


नेपाल समाचारपत्र,प्युठान ।

प्युठानमा नियमविपरीत सञ्चालनमा रहेको औषधि पसलमा शिलबन्दी गरिएको छ । सरुमारानी गाउपालिकाद्वारा बुधबार अनुगमन गर्ने क्रममा सरुमारानी ५ मा रहेको बंगाली मेडिकल हलले स्विकृति नलिई औषधि पसल सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री गरेको भेटेपछि शिलबन्दी गरेको हो ।

सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलि सहितको टोलीले पसल शिलबन्दी गरेको हो। यश अघि औषधि पसल संचालक भारतिय नागरिक शंकर लस्करलाई ७ दिनभित्र आवश्यक कागजपत्र लिई कार्यालयमा आउन निर्देशन दिईएको थियो ।

गाउपालिकाको निर्देशन अटेरी गरेपछी बजार अनुगमन निर्देशीका २०७५ दफा १४ को क बमोजिम औषधीपसलमा शिलबन्दी गरेको ओलिले जानकारी दिनुभयो। ’यश अघि आवास्यक कागजपत्र लिइ आउनु भनेर निर्देशन गर्यौं, ओलिले भन्नुभयो,’ निर्देशनको वेवास्ता गरेपछी शिलबन्दी गरेका हौँ।’

त्यस्तै मदिरा सेवन गरि बिद्यालय जाने शिक्षक तेज बहादुर उलुङ्गेलाई गाउपालिकामा तानिएको छ ।

चेतावनी स्वरुप शिक्षक उलुङ्गेलाई शुक्रवार सम्मका लागि गाउपालिकामा उपस्थित गराईएको हो ।

उलुङ्गे सरुमारानि ६ पाङवाङको भुवनेश्वरी प्रावीका अनुदान शिक्षक हुन्।पदीय मर्यादा तथा आचरणविपरीत कार्य गरेको पाईए शिक्षकबाट समेत बर्खास्त गर्न सकिने गाउपालिकाले जनाएको छ।