बसले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडौं ।
एउटै दिशाबाट आएको बसले स्कूटरलाई ठक्कर दिँदा अरनिको राजमार्गको बलेफीमा एकजनाको मृत्यु भएको छ ।

खाडिचौरबाट बलेफी जाँदै गर्दा बा ७२ प ९०२४ नम्बरको स्कूटरलाई ना ३ ख ९३४ नम्बरको यात्रु बसले ठक्कर दिंदा स्कूटर चालक बार्हबिसे नगरपालिका ७ का २२ बर्षिय बिजय श्रेस्ठको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिएर भागेको बस र चालकलाई बन्देउ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।