मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण पदक सहित रुपन्देही प्रथम


यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचमा संचालित प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्णपदक जित्दै रुपन्देही प्रथम भएको छ ।

रुपन्देहीले ५ रजत र ३ कास्य पदक पनि प्राप्त ग।ेको छ ।

त्यसैगरी ३ स्वर्ण र ८ वटा कास्य पदक जित्दै दाङ जिल्ला द्धितिय भएको छ ।

त्यसैगरी २ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको बाँके तृतिय भएको छ ।
त्यसैगरी २ सवर्ण १ रजत र २ कास्य पदक जित्दै गुल्मी चौथो बनेको छ ।

प्रथम भएको रुपन्देहीले नगद १ लाख सहित शिल्ड, द्धितियहुने दाङले नगद ७० हजार र तृतिय बाँकेले नगद ५० हजार प्राप्त गरका छने । विजयी खेलाडिहरुलाई सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार वितरण गर्नु भएको हो ।

मुख्यमन्त्री रनिङ शिल्डमा प्युठानले भने खाता खोल्न सकेन । नवलपरासीले १ स्वर्ण, २ कास्य, ४ रजत, बर्दियाले १ स्वर्ण २ रजत, १ कास्य, रुकुम पुर्वले १ स्वर्ण, १ रजत, अर्घाखाँचीले १ कास्य, पाल्पाले ३ रजत र १ कास्य प्राप्त गरेका छन । दोस्रो मुख्यमन्त्री कप रनिङ शिल्ड कपिलबस्तुमा हुनेछ ।

यही २३ गते देखि शुरु भएको प्रतियोगिता बुधवार एक कार्यक्रमका बीच समापन गरिएको हो । विभिन्न ६ वटा विधाका खेलमा ४ सय २० जना खेलाडीको सहभागिता रहेको थियो ।