निती तथा कार्यक्रम पास गर्नु सरकारको अलोकतान्त्रिक पद्धती हो: पौडेल


बुद्ध नेपाली, सिन्धुली ।
नेपाली काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले वर्तमान सरकारमा अलोकतान्त्रिक पद्धतीले जरो गाड्दै गएको बताउनुभएको छ ।

दुई तिहाई बहुमतको दम्ब देखाउदै प्रतिक्षपको विरोधका बामजुद् पनि आगामी बर्षको निति तथा कार्यक्रम संसदबाट परित गर्नुले वर्तमान सरकारमा रहेको अलोकतान्त्रिक पद्धती छर्लङ्ग भएको बताउनुभएको हो ।

नेपाल प्रेस यूनियन सिन्धुलीले बुधवार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटगाट कार्यक्रममा बोल्दै नेता पौडेलले भन्नुभयो,‘संविधानको मर्म माथि यो सरकारले प्रहार गरिरहेको छ’ । सरकारको आर्थिक बर्ष २०७६।०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले पटक पटक प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दावली संघीय लोकतान्त्रिक गणतन्त्रको गति अनुसार नभएको उहाँले दावी गनुभयो ।

उहाँले अहिले देशमा सत्ता संचालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षको अभिव्यक्तिमा असन्तुलन देखिएकाले आशंका उब्जिएको बताउनुभयो ।‘केपी ओलीका अभिव्यक्तिहरु कसैलाई मान्छे नगन्ने खालका छन् । प्रचण्डको अभिव्यत्तिहरु कहिले जंगल पस्छु भन्ने, कहिले के गर्छु भन्ने । अहिले देशको नेतृत्व जसले गरिरहेको छ । राष्ट्र जसको हातमा छ त्यो नेतृत्वमा यस्तो असन्तुलत हुनु यो देशका लागी अनिष्टता हो । देशलाई यसले सहि गन्तव्य तिर लगि रहेको छैन् लादैन पनि’ । उहाँले भन्नुभयो ।

उहाँले डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको नव गठित समाजवादी पार्टी नेपालले ११ वटा प्रदेशको विषय उठाएर जनतामा अन्यौलता छाएको बताउनुभयो ।

उहाँले देशलाई अन्यौलतामा लान खोज्ने चिन्तन, सोच, अहंकार र राजनितिक अराजकता विरुद्ध नेपाली काङ्ग्रेसले ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको प्रष्ट पार्नुभयो । ‘नेपाली काङ्ग्रेसले बुधबार देखि देशभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । यसले काग्रेस भित्र नै रहेका धुलो पनि टकटक्याउने छ’ उहाँले भन्नुभयो ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले वर्तमान सरकारको चरित्र सपना बेच्ने तर काम नगर्ने खालको भएको बताउनुभयो । उहाँले अझै पनि देशमा संक्रमणकाल नसकिएको बताउदै नयाँ संविधान कार्यान्वयमा समस्या रहेको बताउनुभयो ।

उहाँले एक बर्ष सम्म सरकारले केही ठोस काम गर्न नसकेको तर सरकारको प्रचार मात्रै भएको बताउनुभयो ।

नेपाली काग्रेसका बरिष्ट नेता पौडेल र डा. महत पार्टीले बुधवार देखि सुरु गरेको ‘राष्ट्रिय जागरण अभियान’ मा सहभागी हुन विपी राजमार्ग हुदै तराई जानेक्रममा सिन्धुलीमा आईपुग्नुभएको हो ।