आउँदो सोमबार सार्वजनिक विदा


ललितपुर, ललितपुर महानगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यावारिधि प्राप्त व्यत्तित्व जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा महानगरपालिका , यस अन्तर्गतका सबै वडा कार्यालयहरु, महानगरभित्रका शैक्षिक संघसंस्था ( कक्षा १२सम्म ) लगायतका संघसंस्थालाई विदा दिने जनाइएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला , साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण गरेका जोशीको महानगरले वैशाख ३०बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको ¥याली मंगलबारबाट सुरु हुनेछ । लगनखेल , जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा हुने उक्त कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर , सवारीचालक , गार्ड र मोवाइल प्रदान गरेको थियो ।