कोदालो प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ


पर्सा, बीरगंज महानगरपालिका-३२ बदननगर बस्ने ५५ वर्षीय रत्न माझीको छिमेकीले कोदालो प्रहार गर्दा मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षीय ध्रुप माझीसँग जग्गाको विषयमा झैझगडा हुँदा ध्रुपले रत्नलाई कोदालोले टाउकोमा प्रहार गर्दा  गम्भीर घाइते भएकाले बीरगंज हेल्थ केयर हुँदै थप उपचारको लागि नारायणी अस्पताल रिफर गरेकोमा उपचारको क्रममा रत्नको मृत्यु भएको हो ।

 

कोदालो प्रहार गर्ने ध्रुपलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।