जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


ईलाम, ईलाम नगरपालिका-३  बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-२ बस्ने ३१ वर्षीय  मन्जित राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोमबार दिउसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रक्सेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।