आगलागी हुँदा लाखौँ क्षति


दाङ, दाङ घोराहीका विभिन्न आठ घरगोठमा आगलागी हुँदा रु ३१ लाख ५० हजार बराबरको क्षति भएको छ । मङ्गलबार साँझ घोराही उपमहानगरपालिका–१ स्थित सल्लीबोट सामुदायिक वनमा आगलागी हुँदा सोही ठाउँका छ घर र दुई गोठ पूर्णरुपमा जल्दा रु ३१ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट घोराही–१ तल्लो मालेका चुमानसिंह विष्ट, गमबहादुर गमाल, टुकमान गमाल, श्यामलाल विष्ट घरगोठ जलेर नष्ट हुँदा त्यति धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । उक्त आगलागीलाई मङ्गलबार करीब राति ७ बजेतिर नियन्त्रणमा लिइएको हो ।