अटो रिक्सा व्यवस्थित नहुँदा समस्या


हेमन्त पौडेल, धनगढी ।
सुदूरपश्चिम प्र्रदेशको अस्थायी राजधानी धनगढीमा सवारी साधनको चाप बढ्दा समस्या थपिएको छ । दैनिक सानाठूला गरि सवारीसाधन चल्दा बजार क्षेत्र अस्तब्यस्त बनेको बेला अटो रिक्सालाई व्यवस्थित गर्न नसक्दा समस्या थपिदै गएको हो ।

धनगढी क्षेत्रमा यतिवेला विद्युतीय अटो रिक्सा अत्यधिक तथा अब्यवस्थित तरिकाले चल्दा दुर्घटनाको उच्च जोखिम बढ्दै गएको छ ।

सडक पनि चौडाई नभएको हुँदा सवारी साधन साइकल र अटोरिक्साले गर्दा पैदल यात्रा गर्न समस्या हुने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माका गगांराम रानाले बताउनुभयो । उहाँले सवारी साधन बढेकाले दुर्घटना पनि हुने गरेको बताउनुभयो ।

उहाँले सडक निर्माणमा सवारी साधन व्यवस्थापनमा कुनै पनि सरकारको ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।

धनगढीमा मात्रै पाँच हजारको हाराहारीमा अटो रिक्सा रहेको विद्युतीय रिक्सा मजदुर संघ धनगढीका अध्यक्ष मिनराज जोशीले बताउनुभयो । उहाँले स्थानीय र प्रदेश सरकारबीच नै अन्यौलता देखिएकाले अटो रिक्सा व्यवस्थापनमा समस्या आएको बताउनुभयो ।

उहाँले अटोरिक्सालाई व्यवस्थापनका लागि केन्द्रसम्म पुग्दापनि व्यवस्थापन हुन्न नुकेको गुनासो गर्नुभयो । जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अनिल उप्रेतीले सडक पूर्वाधार नभएको र मेन सडक एउटै मात्र भएकाले अटोरिक्साको दर्ता प्रक्रियामा अन्योलता देखिएसगै एउटै रुटमा सञ्चालन भएकाले सवारी आगममा समस्या भएको बताउनुभयो । उहाँले अटोरिक्सा व्यवस्थापन गर्न र पार्किङ नभएकाले भिडभाड हुने गरेको बताउनुभयो ।

उहाँले अटोरिक्सा दर्ता प्रक्रिया कहाँ गर्न भन्ने विषयमा अन्योलता भएकाले व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । उहाँले नगरपालिका र भौतिक मन्त्रीसगै समुन्वय गरेर चाडै व्यवस्थापनमा पहल गर्नुपर्ने बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वहादुर वडले अटोरिक्सा व्यवस्थापनका लागि पटक–पटक पहल गर्दा पनी यातायात र प्रदेश सरकारको कारण ब्यवस्थापन गर्न नसकेको बताउनुभयो । ‘कि प्रदेश सरकारले काम गर्नुप¥यो, कि स्थानीय सरकारलाई,’ उहाँले भन्नुभयो, कसले व्यवस्थित गर्ने भन्ने अन्यौलताले नै समस्या बढ्दै गएको छ ।’

नगरप्रमुख वडले यातायात र प्रदेश सरकारकै कारण दैनिक रिक्सा दर्ता हुने गरेको बताउनुभयो । उहाँले रिक्सा जुन ठाउँमा दर्ता भएको हो त्यही ठाउँमा सञ्चालन गर्न आफूले पहल गरिरहेको बताउनुभयो ।