खाद्य संस्थानको चामल गाँउमै पाइने, कार्यालय धाउने बाध्यता टर्यो


धनवीर दाहाल,रुकुम ।
यस भन्दा अघिका बर्षहरुमा नेपाल खाद्य संस्थानले बिक्री गर्दै आएको चामल अव गाँउमै पाइने भएको छ । रुकुम पुर्व र पश्चिमको समेत काम सम्हालेको खाद्य संस्थान शाखा रुकुमले सहकारी मार्फत स्थानीयलाई गाँउमै चामल दिन थालेको हो ।

खाद्य संस्थानले रुकुम पुर्वका ३ र रुकुम पश्चिमका ६ गरी ९ वटै स्थानीय तहमा रहेका सहकारीलाई चामल लगाएत खाद्यबस्तु बिक्रीका लागी सम्झौता गर्न आग्रह गरेको छ । खाद्य संस्थान शाखा रुकुमका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले कार्यालयको आग्रह अनुसार हाल सम्म एउटा सहकारीले सम्झौता गरिसकेको बताउनुभयो ।

उहाँले अन्य सहकारीले पनि प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । निमित्त कार्यालय प्रमुख खड्काका अनुसार खाद्य संस्थानको खाद्य वस्तु सुपथ मुल्यमा सबैतिर र्पुयाउने उद्देश्य सहित खाद्य संस्थानको सम्पूर्ण खाद्य वस्तु सहकारीमार्फत विक्री गर्ने निर्णय भएको छ,।

खड्काले संस्थानकै मूल्यमा विक्री गर्ने गरी तयार हुने जुन सुकै सहकारीले खाद्य संस्थानको खाद्य सामग्री वित्रि वितरण गर्न पाउने बताउनुभयो । तर खाद्य संस्थानको खाद्य सामग्री विक्रि गर्न चाहने सहकारीले केही शर्त पूरा गर्नुपर्ने छ ।

भ्याट वा पानमा दर्ता भएको हुनुपर्ने, कर चुक्ता गरेको हुनुपर्ने, सम्बन्धित वडाको सिफारिस पत्र, वित्रेताको लागि सहकारीको अख्तियारीनामा पत्र र वित्रेता कानुनमा दोषी नदेखिएको हुनुपर्नेछ । न्यून आय स्तर भएका उपभोक्तालाई घरदैलोमै सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले संस्थानको सञ्चालक समितिले २०७५ फागुन २६ मा सहकारी माफर्mत संस्थानकै मूल्यमा खाद्य वस्तु विक्री वितरण गर्ने निर्णय गरेको थियो ।

खाद्य संस्थानको खाद्य वस्तु, चामल, दाल तेल लगायतका वस्तु वित्री गर्ने सहकारीले विक्री गरेवापत २ प्रकारको सेवा शुल्क पाउनेछ । प्रतिकिलो ५० रुपैयाँसम्म दर विक्रि मूल्यमा ७ प्रतिशत र ५० रुपैयाँ भन्दा माथिको विक्री मूल्यमा ६ प्रतिशत सेवा शुल्क सहकारीले पाउनेछन् । जिरा मसिनो चामल प्रति क्विन्टल पाँच हजार सात सय र मन्सुली चामल चार हजार ६ सय रुपैयाँमा विक्री भइरहेको छ ।