१० लाख ५० हजारको सुन बरामद


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे पार्किङ एरियाबाट मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करिब १० लाख १५ हजार ९९ रुपियाँबराबरको १ सय ९९ ग्राम सुनका बाला ४ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा अवैधरूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।