राष्ट्रियता जागरण अभियानको प्रतिवेदन बुझाइयो


नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय बौद्धिक केन्द्रले सञ्चालन गरेको राष्ट्रियता जागरण अभियानको प्रतिवदेन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ।अभियनको प्रतिवेदन राष्ट्रियताका लागि उपयोगी हुने विश्वास गर्दै केन्द्रले सो प्रतिवेदन बुझाएको केन्द्रका अध्यक्ष पवनलाल श्रीवास्तवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सो प्रतिवदेनमा जागरण अभियानका क्रममा राष्ट्रिय जीवनका विविध क्षेत्रबाट योगदान पु¥याउनुहुने व्यक्तिहरूको धारणासहित अभियानको निष्कर्ष समेटिएको छ।‘राष्ट्रिय अखण्डताको रक्षा गर्दै मुलुकलाई लोकतान्त्रिक संस्कार बसाल्नेतर्फ डोह¥याउनुपर्ने आजको आवश्यकता हो।

लोकतान्त्रिक विचार र संस्कारलाई प्रबद्र्धन गने साहित्यले मात्र मुलुकलाई स्थिरता प्रदान गर्नेछ। त्यसैले सरकारले लोकतन्त्रलाई बलियो पार्ने साहित्यलाई प्रबद्र्धन गर्नुपर्दछ। यसले मात्र राष्ट्रियता बलियो पार्दछ’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत बुझाइएको प्रतिवदेन निष्कर्ष सुनाउँदै केन्द्रका अध्यक्ष श्रीवास्तवले भन्नुभयो।