शनिबार हुने रेस्लिङमा शीर्ष रेस्लर भिड्दै


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा यही वैशाख २८ गते शनिबार एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको आयोजना गर्दै छ। त्रिपुरेश्वरस्थित कर्भडहलमा दिनको ३ बजे हुने प्रतियोगितामा विभिन्न ६ देशका शीर्ष रेसलरहरूले सहभागिता जनाउनेछन्। राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्युजिल्यान्डका खेलाडीहरूको सहभागिता हुने जनाएको छ। नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्नेछन्।

त्यसै गरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्नेछन्। त्यसै गरी हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्युजिल्यान्डका टोमी कम्ब्याट भिड्दै छन्। रेफ्रीमा प्रदीप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन्।

प्रतियोगितामा दुईवटा बेल्ट विजेता घोषणा गरिनेछ। जसमा बेल्ट एन्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको बेल्ट प्रदान गरिनेछ। प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धा गराइनेछन्। प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्ट्सबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ।

यस संघले यसअघि पनि महŒवपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरेको थियो। काठमाडौंमा २०७३ साल वैशाख ४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८–२१ मा नेपाल भारत मैत्रीपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडौं र इटहरीमा सम्पन्न गरिसकेको छ। २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो। प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ।