विभागीय टोली सेमिफाइनलमा


ताप्लेजुङ, (नेस)
तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताअन्तर्गत ३ वटै विभागीय टोली सेमिफाइनलमा पुगेका छन्।
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लबले अन्तिम चारमा यात्रा तय गरेका हुन्। एक टोली गण्डकी प्रदेशले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। ताप्लेजुङको साँघुस्थित नारायणी माविमा मंगलबार भएको खेलमा पुलिसले प्रदेश–३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। पुलिसले आज हुने पहिलो सेमिफाइनल खेलमा गण्डकीविरुद्ध खेल्नेछ। गण्डकीले त्रिभुवन विश्वविद्यालयको टोलीलाई ३–० को सोझो सेटमा हराएर अन्तिम चारमा पुगेको थियो।
यस्तै आर्मीले प्रदेश–२ लाई ३–० को सेटमा हराएर अन्तिम चारको यात्रा तय ग¥यो। आर्मीले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ। एपीएफले प्रदेश–१ लाई ३–० कै सोझो सेटमा हराएरको थियो। जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्नेछ। यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्नेछ। सेमिफाइनलमा हार्ने दुई टोलीले ५०÷५० हजार नगद पाउनेछन्।