रेनो एक्सचेन्ज क्याम्प


काठमाडौं, (नेस)
नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाइल प्रालिले पुरानो छोडँंै नयाँ गुडाऔं भन्ने ट्यागलाइनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ। ६ मेदेखि ९ मेसम्म पोखरा र ८ मेदेखि ११ मेसम्म भैरहवामा आयोजना हुने यस मेगा अफरमा अटोमोबाइल ग्राहकले पुरानो गाडी रेनो ब्रान्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन्।
एड्भान्स अटोमोबाइल प्रालिले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मको लागी फ्रि सर्भिसिङ, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुविधालगायत सेवा उपलब्ध गराएको छ। ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन्। रेनो एक्सचेन्ज क्याम्पले ग्राहकलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ।