कालिमाटी, नयाँबजार र लाजिम्पाटमा सिद्धार्थ बैंकको शाखा


काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले काठमाडँंैको कालीमाटी, नयाँबजार र लाजिम्पाटमा दुई शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ। बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधिसभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रूपमा भएको थियो।त्यस्तै बैंकको नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धर र लाजिम्पाट शाखाको उद्घाटन काठमाडँंै महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ गर्नुभएको थियो। बैंकले देशभर १५३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, सय शाखारहित बैंकिङ सेवा, १६२ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिन मार्फत् बैैंकिङ सेवा प्रदान गर्दै आएको छ।