बर्जर पेन्ट्सद्वारा फेसन शो


काठमाडौं, (नेस)
बर्जर पेन्ट्स नेपाल, मिस नेपाल २०१९ सँगको सहकार्यमा मिस नेपाल २०१९ को ताज बर्जर मिस ग्ल्यामर चयन गर्न फेशन शो गरेको छ।
त्यसक्रममा मिस नेपालका २५ जना सुन्दरी प्रतियोगीले टीटीबी क्रियसन्सका तेन्जीन छेतेन भुटिया र अनु श्रेष्ठद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनको बान्की एवं सम्मोहित पार्ने रँगहरुको ढाँचाका सिल्भर फायर, हायकु, फ्लोरा र अरू धेरै आकर्षक परिधानमा सजिएर प्रस्तुत भएका थिए्। बर्जरले पोशाकमा डिजाइन र कलाको संयोजन गरेको छ।
बर्जर मिस ग्ल्यामर २०१८ तथा मिस नेपाल युनिभर्स मनिता देवकोटा शोमा शोस्टपर हुनुभइ अझ रौनकता थप्नु भएको थियो।