पुनर्बीमासम्बन्धी तालिम


नेपाल समाचारपत्र काठमाडौं
नेपाल पुनर्बीमा कम्पनीले जेबी वोडा रिइन्स्योरेन्स ब्रोकर भारतको सहकार्यमा पाँच दिने टेक्निकल एक्सपेक्ट अफ रिइन्स्योरेन्स एन्ड इमर्जिङ ट्रेन्ड विषयमा तालिम सञ्चालन गरेको छ।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागार्इं तथा पुनर्बीमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागार्इंले संयुक्त उद्घाटन गर्नुभएको थियो।

सो कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले देशको बीमा क्षेत्रले क्रमशः फड्को मार्दै गएको र आगामी केही वर्षमा ठूलो जनसंख्या बीमासंँग जोडिने बताउदै छोटो समयमा पुनर्बीमा कम्पनीले गरेको प्रगति, आर्जन गरेको विश्वास र बीमा क्षेत्र विकाशमा गरेको योगदानको लागि धन्यवाद दिनु भयो।

त्यसैगरी कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईबाट बीमा क्षेत्रको समस्या पहिचान गरी सो समस्यालाई समाधन गर्न बीमा समितिले नियामक निकायको हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले पनि मन्तव्य राख्नुभएको थियो।