फूल जस्तै सार्वजनिक


गायक बीबी गुरुङ ९बलबहादुर०को लोक तथा दोहोरी गीत फूल जस्तै राजधानीमा सोमबार आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द र संगीत रहेको छ भने बीबी गुरुङ र गायिका विष्णु माझीको स्वर छ।
गीतको म्युजिक भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको छ भने श्याम घिमिरे र जुना सुन्दासलगायतले नृत्य र अभिनय गरेका छन्। भिडियोमा करिब सय जना कोरसलाई नृत्य गराइएको छ। करण चैसिरको छायांकन रहेको गीतको भिडियो प्रवीण भट्टले सम्पादन गरेका छन्।