बिहेअघि नै गर्भ !


बलिउड नायक अर्जुन रामपाल र उनकी दक्षिण अफ्रिकन प्रेमिका तथा मोडल ग्रेबिएला डेमेट्रिएड्सले हालैमात्र आफ्नो सम्बन्धलाई आधिकारीकरूपमा खुलाए।
अब उनीहरूले आफ्ना फ्यानका लागि खुसीको खबर दिएका छन्। हालै अर्जुनले इन्स्टाग्राममार्फत आफ्नी प्रेमीका गर्भवती भएको घोषणा गरेका छन्। उनले आफू र आफ्नी प्रेमिकाको सुन्दर फोटो शेयर गरेका थिए। जसमा उनकी प्रेमीको बेबीबम्प प्रस्ट देख्न सकिन्छ। अर्जुनले ग्रेबिएलालाई बच्चा दिन लागेकोमा धन्यवाद पनि भनेका छन्। अर्जुनले सन् २०१८ मा पत्नी मेहर जेसियासँग सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। मेहरसँग खर्जुनको वैवाहिक सम्बन्ध २० वर्षसम्म चलेको थियो भने मेहरबाट उनको १६ र १३ वर्षीया गरी २ छोरी रहेका छन्।