सूर्यमाला आमा बन्दै


कुशल रंगकर्मी तथा अभिनेतृ सूर्यमाला खनाल लामो समयपछि फिल्मको केन्द्रीय भूमिकामा देखिने भएकी छिन्। उनी पशुपतिप्रसाद निर्देश दीपेन्द्र के खनालको लेखन, छायांकन, निर्माण र निर्देशन तथा डीएस डिजिटलको प्रस्तुतिमा बन्ने फिल्म आमामा केन्द्रीय भूमिकामा देखिने भएकी हुन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सो फिल्म निर्माणको घोषणा गरिएको छ। फिल्ममा सूर्यमाला आमाको भूमिकामा देखिने छिन् भने सुरक्षा पन्त छोरीका रूपमा रहने छिन्। फिल्म आसारको दोस्रो साता सुटिङ फ्लोरमा जाने र फागुन ९ गते रिलिजमा आउने निर्माण संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले दीपेन्द्र के खानल नेपाली फिल्म क्ष्ँेत्रमा पत्याइएका निर्देशक भएको र उनले बनाउन लागेको फिल्म राम्रो बन्ने कुरामा आफू ढुक्क रहेको बताए। भट्टराईले बोर्ड अहिले आगामी आर्थिक वर्षको बजेटमा नेपाली फिल्मलाई सम्बोधन गर्न लागिपरेको बताए।

नेपाल चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटाले सबैले आदर र गर्व गर्ने नाम आमा राखेर फिल्म निर्माण गर्न लागेकोमा फिल्म युनिटलाई शुभकामना दिँदै फिल्मले मौलिकता बोक्ने विश्वास लिएको बताए। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म आमालाई सफलताको शुभकामना दिँदै फिल्ममा सबैको आमा पाउन सकिने आशा रहेको बताए। उनले युट्युबमा फिल्म राख्ने चलनका कारण यसको व्यापारमा ह्रास आएको दाबीसमेत गरे। ‘अहिले नेपाली फिल्म निर्माण हुने क्रम घटेको छ। नेपाली फिल्म धेरै निर्माण होस् र यसले रिर्टन प्राप्त गरोस् भन्ने हामी सबै चाहन्छौं। पछिल्लो समय युुट्युबमा आउने फिल्मका कारण दर्शक हलसम्म जाने वातावरण घटेको छ। फिल्म हेर्ने प्रवृत्ति बढानका लागि कम्तीमा पनि एक÷डेढ वर्षसम्म फिल्म युट्युबमा राख्ने अधिकार नदिने हो र फिल्मको व्यापार बढ्ने विभिन्न कुराको प्रयोग गर्ने हो भने नेपाली फिल्मको बजार बढ्छ।’ –उनले भने। कार्यक्रममा बोल्दै निर्देशक दीपेन्द्र के खनालले वर्ष २०७६ लाई नेपाली फिल्म क्षेत्रलाई उपलब्धिमूलक बनाउने आफ्नो प्रणअनुसार आमा फिल्म बनाउन लागेको बताए।

‘पशुपतिप्रसाद जस्तो अहिलेसम्म कुनै फिल्म बनेन। तर, आमा फिल्मलाई समीक्ष्ँकले पनि माया गर्ने र दर्शकले साथ दिने बनाउने प्रण गरेको छुु।’ –उनले भने। अभिनेतृ सूर्यमाला खनालले निर्देशकबाट फिल्मको कथा सरसर्ती सुन्दा मन परेकाले आफू लामो समयपछि अभिनयमा फर्कन लागेको बताइन्। ‘यसमा म आमाका रूपमा काम गर्दै छु। उक्त भूमिका मलँई सशक्त लागेका कारण काम गर्ने आँट गरेको छु। राम्रो काम गर्ने प्रयास गर्छु, बाँकी कुरा दर्शकको हातमा छ।’ –उनले भनिन्। नायिका सुरक्षा पन्तले आफू इमानदारीका साथ असल छोरीको भूमिका निभाउने बताइन्। फिल्मकी निर्मात्री शर्मिला पाण्डेले आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन आफ्नो जीवन बलिदान दिने आमाका बारेमा बनाउन लागिएको फिल्म दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताइन्। सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले दीपेन्द्रको पहिलो फिल्मदेखि नै आफूले गीत लेखेको जनाउँदै ४ वर्षपछि आमाका लागि एउटा गीत लेखेको बताए। ‘फिल्ममा कथाले मागेअनुसारको गीत राख्नुपर्ने हो। पछिल्लो समय संगीतकारहरूले गीत तयार पारेर राख्ने र फिल्मलाई चाहिएको खण्डमा गीत दिने गरेको पाइन्छ। कथामा आवश्यक नभए पनि जबरजस्ती गीत राख्ने प्रवृत्तिले शास्त्रीय गीत–संगीतभन्दा लोक गीत–संगीतको प्रयोग बढ्दो छ। फिल्ममा उपयुक्त गीत राख्नका लागि निर्देशकमा संगीतको सेन्स हुन जरुरी छ।’ –उनले भने।

एएसएनपीको सहकार्यमा बन्न लागेको फिल्मका अन्य कलाकारहरूमा देशभक्त खनाल, सरिता गिरी, आसन्त शर्मा, मनीष निरौला, पद्मप्रसाद पौडेल, ज्याक श्रेष्ठलगायत रहनेछन्।