सारिकाले ल्याइन् ऐंसुलुको पात


योगेशकाजी र सारिका घिमिरेद्वारा स्वरबद्व गीत ऐंसेलुको पात सार्वजनिक गरिएको छ। योगेशकाजीको शब्द, संगीत र संगीत संयोजन रहेको गीत म्युजिक भिडियो सार्वजनिक भएको हो। सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियुलाई फिचरिङ गरिएको छ। विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ। गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।
आफूलाई अभिनय सँगसँगै गायनमा समेत प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता÷दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन्। ‘हाम्रा अन्य गीत जस्तै ऐंसेलुको पातले पनि स्रोता र दर्शकको माया पाउनेमा हामी आशावादी छौं।’ –योगेश र सारिकाले भने।