समाजवादी पार्टीका नेताले सपथ खाए


काठमाडौँ ।
नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराउनुभएको हो । त्यसअघि उहा“ले पार्टीका जेष्ठ सदस्य प्रेमकृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो । सपथग्रहणपछि आज नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ । बैठकले प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्दप्रसाद्र श्रेष्ठले जानकारी दिनुभयो ।

नया“ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर हिजो समाजवादी पाटी नेपाल बनेको हो । एकिकरणपछि डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष रहनुभएको छ भने उपेन्द्र यादब पार्टी अध्यक्ष बन्नुभएको छ । भट्टराई नया“ शक्ति नेपालका संयोजक र यादब संघीय समाजबादी फोरम नेपालका अध्यक्ष हुनुहुन्थ्यो ।

एकतापछि प्रतिनिधिसभामा यो पार्टीका १७ सांसद भएका छन् । अध्यक्ष यादवले संघीय परिषदका अध्यक्ष भट्टराईलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।