श्रीलङ्कामा अप्रिलमा मात्रै डेढ लाख विदेशी पर्यटक भित्रिए


कोलम्बो ।
श्रीलङ्कामा गत अप्रिल महिनामा एक लाख ६६ हजार नौ सय पर्यटक भित्रिएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ७।५ प्रतिशत कम भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

केही दिन अगाडि भएको विस्फोटनको घटनाका कारण ठूलो सङ्ख्यामा पर्यटकहरुले यात्रा योजना रद्द गरेको तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरण ९एसएलटीडीए०ले अहिलेको महिना पर्यटकको सङ्ख्या अझ घट्न सक्ने पूर्वानुमान गरिएको सङ्केत गरेको छ ।

श्रीलङ्का आउने विदेशी पर्यटकहरुमध्ये सबैभन्दा धेरै बेलायत, भारत, जर्मनी, चीन र अष्ट्रेलियाका रहेका छन् ।

समग्रमा यस वर्षको अप्रिलसम्ममा नौ लाखभन्दा बढी विदेशी पर्यटकहरु श्रीलङ्का आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको भन्दा २।२ प्रतिशत बढी हो ।

तर गत अप्रिल २१ तारिखका दिन श्रीलङ्काका विभिन्न चर्च र होटलहरुमा भएको विस्फोटनका घटनाले श्रीलङ्काको पर्यटन उद्योगलाई ठूलो असर पारेको छ । समाचारमा जनाइएअनुसार होटलमा भएको बुकिङको झण्डै ९० प्रति रद्द भएको छ ।
रासस