राजधानीमै सात वर्षीया बालिका बलात्कृत, बलात्कारी फरार


नेपाल समाचारपत्र, काठमाडौँ ।
राजधानीको तीनकुनेमा सात वर्षीय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कार आरोपी तिनकुनेकै राजु खरेल फरार रहेको छन् ।

प्रहरीले अदालतमा मुद्दा दर्ता गरेर आरोपी खरेलको खोजी तीव्र पारिएको जनाएको छ । बालिकालाई भने स्वास्थ्य जाँचका लागि अस्पताल पठाईएको छ ।