गोर्खा इको प्यानलमा आगलागी, ६४ लाखको क्षति


भक्तपुर ।
चाँगुनारायण नगरपालिका–९ स्थित गोर्खा इको प्यानलमा आज आगलागी भएको छ । आगलागीबाट रु ६४ लाख ७२ हजार ५०० बराबर क्षति भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उद्योगी कृष्णभक्त दुवालसहितका व्यवसायीले सञ्चालनमा ल्याएको गोर्खा इको प्यानलमा भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको पहलमा नियन्त्रणमा आएको हो ।
–––