चार हजार घूस लिने कम्प्यूटर अपरेटरविरुद्ध मुद्दा दायर


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घूस लिँदै गर्दा पक्राउ गरि कम्प्यूटर अपरेटर अशोक कुमार सिंहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत अपरेटर सिंहले सेवाग्रहीसँग नागरिकता बनाउन सहज गराईदिने भन्दै घूस रकम माग गरेका थिए ।

उनलाई घूस मागीरहेको सूचना एवम् उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारेमा थप अनुसन्धान भईरहेको छ ।