बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने पक्राउ


म्याग्दी ।
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आरोपित पुनले सोमबार अन्दाजी साढे ३ बजेको समयमा घरमा एक्लै भएको मौका छोपी बालिकालाई ललाइफकाई ३० रुपैयाँ दिएर प्रलोभनमा पारी शौचालयमा लगेर बालिकाले लगाएको कपडा र आफ्नो समेत पाइन्ट खोलेका थिए । सोही क्रममा बालिका रोएको आवाज सुनेर उनका दाजु शौचालय जाँदा पुनले दाजुलाई पनि लात्ताले हानेको र अभिभावकले थाहा पाएपछि आरोपित पुन फरार भएका थिए ।

फरार रहेका आरोपित पुनलाई प्रहरीले पक्राउ गरी पीडित बालिकाको आमाले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी उद्योग मुद्दामा म्याग्दी जिल्ला अदालबाट पहिलोपटक ३ दिनको म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।