हुन लागेको बाल विवाह रोकियो, जन्ती फरार


रामधन राई, खोटाङ ।
खोटाङमा बेहुली लिन जन्ती आईसकेको अवस्थामा प्रहरीमा खबर पुगेपछि बालविवाह रोकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा कानुन विपरीत हुन लागेको वालविवाह प्रहरी पुगेपछि रोकिएको हो ।

वालविवाह हुन लागेको बारे प्रहरीमा खवर पुगेपछि प्रहरी टोली नपुग्दै छिमेकी जिल्ला भोजपुरवाट आएका जन्ती रातारात भागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशव कुमार कटवालले जानकारी दिनुभयो । २०७६ बैशाख २३ गते राती कानुन विपरीत विवाह हुन लागेको सूचना आएपछि सोही राती साँढे ९ वजे विवाह घरमा प्रहरी पुग्दा जन्ती फरार भईसकेका थिए ।

महिला÷पुरुषले २० वर्ष नपुगी विवाह गरेमा त्यो कानुन विपरीत हुनेछ । लुकीछिपी वालविवाह गरेको थाहा पाएमा समेत स्वतः त्यो बद्धर हुने कानुनमा उल्लेख छ । बालविवाह गरेमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना तिर्नुपर्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा व्यवस्था गरिएको छ ।