अवैध मरिचको कारोबार गर्ने दुई पक्राउ


पर्सा ।
बीरगंज महानगरपालिका(२५ सिर्सिया पुलबाट अवैध रुपमा मरिचको कारोवार गर्ने २ जनालाई ८ बोरा मरिच सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रक्सौल बस्ने २८ बर्षीय दिपेन्द्र मण्डल र बीरगंज महानगरपालिका(२२ बस्ने ३६ वर्षीय बिनोद प्रसाद पटेल रहेका छन् ।
जिल्लाका बिभिन्न सीमा नाकाहरुबाट पटकरपटक गरी ठूलो परिमाणमा भारततर्फ मरिच निकासी भैरहेको छ भन्ने सूचनाको आधारमा भन्सार चोरी निकासी नियन्त्रणको लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सीमा नाकाहरुमा जाँच गर्दा बिआर २२ आर ४६४५, बिआर ०५ एफ ९१७३ र ना।५० प ६७२३ नम्बरको मोटरसाइकलमा उक्त मरिच भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।